आज धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं, ३० भदौं । काठमाडौं उपत्यकामा आज (बुधबार) दिनभर मौसममा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । दिउँसो ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् ।
काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि रहेको उनको भनाइ छ । सात वटै प्रदेशमा आज मौसममा बदली रहने र सामान्य तथा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार राति देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘सबै प्रदेशमा आज मौसम बदली रहने छ र अधिकांश प्रदेशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, मौसमविद् मञ्जु बासीले भनिन् । उनका अनुसार शुक्रबारबाट मौसम खुल्ने छ । बिहीबार पनि देशभर मौसममा बदली हुनेछ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…