काम नै नगरी पानीजहाज कार्यालयको एक वर्षमा पौने करोड खर्च

काठमाडौं, २१ भदौं । तीन वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कायर्रलयले काम नै नगरी एक वर्षमा दुई करोड ८२ लाख रुपैयाँ खर्च गरेको महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनमा जनाइएको छ ।

पानी जहाज कार्यालयले पानी जहाज खरिद गर्न परै जाओस्, कार्यालयका कर्मचारीका लागि दुईवटा गाडी खरिद गर्न एक करोड ४३ लाख ८८ हजार रुपैयाँ खर्च गरेको थियो । पानी जहाज कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी छ तर दरबन्दीअनुसार पानी जहाज कार्यालयमा कहिल्यै पनि कर्मचारी पठाउन उक्त कार्यालयले संघीय मामिला मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयलाई पटक–पटक ताकेता गरे पनि सधैं कर्मचारीको अभाव हुने गरेको छ ।

कर्मचारीहरु सकेसम्म पानी जहाज कार्यालयमा जान मन नगरेपछि कर्मचारी अभाव हुने गरेको हो । कार्यालयमा सरुवा गरिएका कर्मचारी पनि दिनभर काम नगरेर बस्ने गर्छन् । २०२७ सालमा ल्याइएका पानी जहाजसम्बन्धी ऐन प्रतिस्थापन गर्न पानी जहाज कार्यालयले कानुनको मस्यौदा बनाएर भौतिक पुर्वाधार मन्त्तालयमा पठाएको थियो ।

मन्त्रालयलयमा कानुनको मस्यौदा पुगेको एक वर्ष भयो तर यसमा मन्त्रालयले पनि चासो राखेन । तीन वर्षको बीचमा पानी जहाज कार्यालयका कर्मचारीहरुले गरेको काम पनि यही एउटा मात्र हो । नागरिक दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…