नेपालसहित १० एशियाली मुलुकलाई फिलिपिन्सले लगाएको यात्रा प्रतिबन्ध हट्यो

काठमाडौं, २० भदौं । फिलिपिन्सले नेपाल, भारत, पाकिस्तानलगायतका १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

अत्यधिक संक्रामक डेल्टा भेरिएन्टका कारण कोभिड–१९ संक्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभएपनि खोपका कारण संक्रमण भयाबह नभएको निश्कर्षसाथ सेप्टेम्बर ६ देखि फिलिपिन्सले १० एशियाली मुलुकलाई यात्रा खुला गर्ने निर्णय गरेको हो ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउने अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन् ।

एशियाली यी सबै देशहरूबाट फिलिपिन्स आउने यात्रुहरूका लागि यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले जानकारी दिए । रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।’

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा वाहकबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ । डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ ।

फिलिपिन्सका एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।’

फिलिपिन्सले भारतलगायतका १० एशियाली मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौति देखिएको छ । दक्षिणपूर्वी एसियाली यस मुलुकमा शुक्रबारसम्म कुल बीस लाख ४५ हजार ५६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…