अफगान महिलाको प्रदर्शनमा तालिवानको दमन, लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ घाइते

काठमाडौं, २० भदौं । अफगानिस्तानमा तालिवान शासन अन्तर्गत राजनीतिक अधिकारको खोजी गर्दै प्रदर्शन गरिरहेका महिलाहरुमाथि तालिवानले ब्यापक दमन गरेको छ ।

काबुल र हेरातमा महिलाहरुले प्रदर्शन गरेकोमा तालीवानले लाठीचार्ज र मरिचको धुलो छर्कंदा दर्जनौ महिला घाइते भएका छन् । प्रर्दशनका क्रममा महिलाहरुले तालीवान सरकारमा आफूहरुको पनि अधिकार हुनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

तालिवानले महिलालाई केही हदसम्म अधिकार दिइने तर मन्त्री पद नदिने घोषणा गरेपछी उनीहरु प्रदर्शनमा उत्रेका हुन् । २५ बर्ष पहिले तालिवानको शासन रहँदा महिलालाई अधिकारबाट बञ्चित गरिएको स्मरण गर्दै उनीहरुले त्यो नियती फेरी नदोहोरियोस भनि प्रदर्शन गरेको बताएका छन् ।

तालिवानको दमनका बीच पनि आफूहरुको माग पुरा नभएसम्म प्रर्दशन जारी राख्ने अफगान महिलाहरुले बताएका छन् । प्रदर्शनमा अग्रपंक्तिमा महिला पत्रकारहरु रहेका थिए भने बिभिन्न क्षेत्रमा कार्यरत महिलाको उल्लेख्य सहभागिता रहेको थियो । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…