नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा : तालिबान

काबुल, १६ भदौं । अमेरिकी सेना फिर्ता भएपछि तालिबानले केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने बताएको छ । सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको तालिबानका नेता अनस हक्कानीले बताए ।

‘अबको केही दिनमै सरकार गठन हुनेछ,’ उनले भने । तर, अहिले नै को को मन्त्री बन्दैछन्, भन्न नसकिने उनले बताए । ‘हामीले ९० देखि ९५ प्रतिशत तयारी सकेका छौं, र केही दिनभित्रै घोषणा गर्नेछौं’, उनले भने ।

काबुल विमानस्थलबाट गत राति अमेरिकी सेना फिर्ता भएसँगै २० वर्षपछि अफगान युद्ध समाप्त भएको छ । मंगलबार बिहानै तालिबानले विमानस्थल नियन्त्रणमा लिएको छ । थुप्रै अफगान नागरिक मुलुकमा अब १९९६–२००१ कठोर शासन फर्किने चिन्तामा छन् । अल जजिरा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…