एसइई दिएका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

काठमाडौं, १६ भदौं । एनसेल आजियाटा लिमिटेडले ०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई लक्षित गरेर ‘पहिलो सिम’ नामक योजना ल्याएको छ ।

कम्पनीले एसइईका विद्यार्थीलाई १ रुपैयाँमा प्रिपेड सिमका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायतका सुविधा दिने योजना ल्याएको हो । यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डेटा पाउने जनाइएको छ ।

त्यस्तै, ५० रुपैयाँ वा बढीको रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने पाँच सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरूप प्राप्त गर्ने जनाइएको छ ।

भ्वाइस, डेटा र एसएमएसमा बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधैं सम्पर्कमा रहिरहनुपर्ने बढीमा पाँच वटा एनसेल नम्बरहरू माइफाइभ समूहमा सेट गरी ती नम्बरमा ३० दिनसम्म मिनेटको ५० पैसामा कुराकानी गर्न पाउने जनाइएको छ । ३० दिनपछि, एक सय रुपैयाँ वा बढीको रिचार्जमा यो सेवाले निरन्तरता पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…