वडाध्यक्षले जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी

सर्लाही, १६ भदौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७ का वडाध्यक्ष श्याम सुन्दर यादवविरुद्ध गाउँकी एक महिलाले जबरजस्ती करणीको आरोप लगाएकी छन् । वडाध्यक्ष यादवले यही भदौ ५ गते राति आफूलाई बलात्कारको प्रयास गरेको भन्दै छिमेकी एक महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा जाहेरी दिएकी हुन् ।

महिलाबाट जाहेरी आएपछि सर्लाही प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको छ । ‘वडाध्यक्षले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेपछि हामीले अनुसन्धान अघि बढाएका छौं’, सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौरले भने, ‘वास्तविकता के हो बिस्तारै खुल्दै जाला ।’

उनले महिलाको विषय अति संवेदनशील हुने भएकाले जाहेरी लिएर कारवाही अघि बढाइएको बताए । ‘हामीले गाउँका अगुवाहरुलाई यस घटनालाई राजनीतिक विषय नबनाई प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छौं’, उनले भने ।

वडाध्यक्षविरुद्ध उजुरी दिने महिला विवाहित हुन् । उनका पति बैदेशिक रोजगारीमा छन् । वडाध्यक्ष यादवले घरमै आएर आफूलाई बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । तर, वडाध्यक्ष यादवले भने आरोप अस्वीकार गरेका छन् । विपक्षीहरुले ती महिलालाई उचालेर आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्ने प्रयास गरेको उनको दाबी छ । ‘मविरुद्ध लागेको बलात्कारको आरोप झुटो हो । मलाई फसाउन विरोधीहरुले ती महिलालाई प्रयोग गरेका मात्रै हुन्,’ उनले भने ।

गाउँपालिका अध्यक्ष विनोदकुमार साहको अगुवाईमा आफूलाई फसाउन खोजिएको वडाध्यक्ष यादवको आरोप छ । भदौ ५ गते मध्यराति ती महिलाको घरबाट एक पुरुष बाहिर निस्किएको देखेर स्थानीयले ती पुरुषलाई नियन्त्रणमा लिएपछि आफू पनि त्यहाँ पुगेको वडाध्यक्ष यादवको दाबी छ ।

त्यतिबेला आफूले ती महिला र पुरुषलाई सामाजिक मूल्य मान्यता विपरीतका गतिविधि नगर्न सम्झाइबुझाई गरेको तर, अहिले आएर उल्टै आफूमाथि नै बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिइएको उनको तर्क छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…