धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको चरम अभाव

काठमाडौं, १४ भदौं । किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो ।

अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिक टनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिक टन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

महामारीको प्रभावका कारण यस वर्ष अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले सरकारले छुट्ट्याएको बजेटले आवश्यक परिमाणमा मल खरीद गर्न नसकिएका कारण मलको अभाव चुलिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए । उनका अनुसार यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरिया मलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ भने ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको छ ।

मलको अभाव चुलिएसँगै चितवन, मकवानपुर, बारा, पर्सा सुनसरी, मोरङ, बाँके बर्दियालगायत अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न नपाएको बताएका छन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले जिल्लाका धेरैजसो किसानले युरिया र पोटास नपाएका कारण धानमा टपड्रेसिङ गर्न नपाएको गुनासो गरे ।

‘सहकारीमा मल छैन कहाँबाट टपड्रेसिङ गर्ने किसानलाई सधैं यस्तै समस्या छ,’ उनले भने । गतवर्ष पनि यही समयमा युरियाको अभाव भएपछि किसानले धानबालीमा मल हाल्न पाएका थिएनन् । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…