सुतिरहेका बेला पहिरोले घर पुर्दा दार्चुलामा दम्पतीसहित तीन जना बेपत्ता

दार्चुला, १४ भदौं । दार्चुलाको दुहुँ गाउँपालिका–१ बास्पालीका पहिरोमा परेर एक दम्पतीसहित तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षाले घर माथि खसेको पहिरोमा परेर बास्पाली (भालुखोला) मा बस्दै आएका ६५ वर्षीय नरसिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता भएको स्थानीय रामसिंह महरले जानकारी दिएका छन् ।

राति सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले घरसहित उनीहरुलाई पुरेको हो । अहिले ती दम्पतीको अवस्था अज्ञात रहेको उनले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धार गरिरहेको बताइएको छ ।

यसैबीच दुहुँकै वडा नम्बर– ५ सुत्खोला (दुल्ला) का ५० वर्षीय मनुवा डडालको अवस्था समेत अज्ञात रहेको छ । राति घरमाथि खसेको पहिरोमा परेका डडाल बेपत्ता रहेको जनाइएको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच लगातारको वर्षाले निजाङ्ग खोलामा गए राति आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।

महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् ।

खोलाले स्थानीय दिपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले जानकारी दिए । खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको उनको भनाई छ । साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान तटीय क्षेत्रका नागरिकलाई एक सूचना जारी गरी आग्रह समेत गरेको छ । बाढीले पुर्‍याएको क्षति र स्थानीयको अवस्थाबारे बुझ्न अहिले त्यहाँ प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…