कांग्रेस महाधिवेशन निश्चित : तात्न थाल्यो माहौल

काठमाडौं, १३ भदौं । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसँगै निर्धारित मितिमा महाधिवेशन हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो ।

यस्तै ६ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने सहमति पनि भएको छ । सहमति लगत्तै पार्टी मुख्यालयमा केही दिनयता भईरहेको जिल्ला सभापतिहरुको रिले अनसन पनि हिजो (शनिबार) रातिबाटै तोडिएको छ । यस्तै हिजो रातिसम्ममा ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकिएको छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका बमोजिम हिजो थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको हो । नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार क्रियाशील सूची सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ । कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ । कांग्रेसलाई भदौ २३ भित्रै वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसपछि अधिवेशन शुरु गर्दा वैधानिकताको प्रश्न उठ्ने भएकोले कांग्रेसले भदौ १८ मै वडा अधिवेशन गर्न लागेको हो ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । कांग्रेसमा यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । क्रियाशील सदस्यको सूचीमा जिल्ला सभापतिकै नाम नभेटिएको गुनासो समेत आउन थालेका छन् ।

वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता (महाधिवेशन प्रतिनिधि) चयन गर्ने भएकाले भदौ १८ देखि शुरु हुने स्थानीय तहका अधिवेशनप्रति केन्द्रीय नेताहरूकै चासो बढेको छ । संघीय निर्वाचन क्षेत्रको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ४ हजार १२५ सदस्य निर्वाचित गर्छ । पदेन, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आउने समेत गर्दा करिव ४५ सय केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले शनिबारसम्म ४८ जिल्लामा मतदाता अधिकृत खटाएको बताए । ‘समयभित्रै मतदाता (क्रियाशील सदस्यता सूची) र मतदान अधिकृत जिल्लामा पुग्न सकेको ठाउँमा त्यही दिनमा हुन्छ । पुग्न नसके, बाढीपहिरोले रोकिनुपर्ने अवस्था आए अर्को दिन हुन्छ,’ यादवले भने ।

भदौ १४ सम्म ७७ जिल्लाकै क्रियाशील सदस्यता सार्वजनिक गर्ने कार्यक्रम छ । गाउँ / नगरको अधिवेशन भदौ २७, प्रदेश क्षेत्रको असोज १ र संघीय निर्वाचन क्षेत्रको असोज ५ मा हुने तालिका छ । एक मात्रै संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन पनि असोज ५ मै हुनेछ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…