सडक भासिए पनि नारायणगढ–मुग्लिन रुटमा नियमित यातायात सञ्चालन

चितवन, १२ भदौं । नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

चौधकिलो क्षेत्रमा सडक फराकिलो भएकाले एकाछेउको सडक भासिए पनि दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको प्रहरीको भनाई छ । डिभिजन सडक कार्यालय, चितवनले पनि नारायणगढ–मुग्लिन सडकमा यातायात सञ्चालनमा कुनै अवरोध नरहेको जनाएको छ ।
सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा आएझँं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

चौधकिलो भन्ने ठाउँमा दुई मिटर गहिरो गरी ३८ मिटर सडक भासिएको छ । ‘त्यहाँ बढीमा चार मिटर सडक भासएको छ,’ खनालले भने, ‘त्यो ठाउँमा सडक १३-१४ मिटर फराकिलो भएकाले चार मिटर भासिएकै आधारमा यातायात रोकिँदैन ।’ उनले भासिएको क्षेत्र बाहेकको भागबाट दुईतर्फी सवारी सञ्चालन भइरहेको जानकारी दिए ।

सडक भासिएको ठाउँबाट करिब २० मिटर तल त्रिशूली नदी छ । नदीको कटानले सडक भासिएको अनुमान गरिएको छ । नदीको सतह घटेपछि तलबाट मर्मत थालिने खनालले बताए । सडक भासिएको ठाउँमा पर्खाल लगाएर सडक सुरक्षित गर्ने तयारी भइरहेको छ । सोही सडकको सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि शुक्रबार बिहान ९ बजेदेखि सडक दुईतर्फी नै सञ्चालनमा अहाएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार नियमित वर्षा भइरहेकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम भने छ । सडक भासिएको ठाउँमा भने यातायात सञ्चालनमा रहेको उनले बताए । पछिल्लो समय वर्षा सुरु भएसँगै एकाएक चौधकिलोमा सडक भासिएको हो । बिहीबारदेखि भासिन सुरु भएको यो ठाउँको सडक बिहीबार अझ धेरै भारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…