कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढ्यो

कैलाली, १० भदौं । लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ । कैलाली टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो ।

स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ । पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगरले बताए।‘एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठूलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहे पनि कर्णाली नदीमा पानीको सतह बढ्दै गएको हुनाले तटबन्ध भत्किरहेको छ’ उनले भने ‘पानीको सतह बढ्दै जाँदा नदी गाउँ पस्ने खतरा बढेको छ ।’

कर्णाली नदीले सो ठाउँमा कटान गरे टीकापुर नगरपालिका–५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ को सत्ती, वडा नं. ८ को सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका गाउँमा असर पर्नेछ ।

अहिले समेत वर्षा भइरहेका कारणले नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको रोक्कामगरले बताए। ‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई टीकापुरमा रहेका शिविरमा पठाएका छौं’ उनले भने ‘नदीको कटान नियन्त्रणका लागि हामी बोरामा बालुवा भरेर नियन्त्रणको प्रयास गरिरहेका छौं ।’

टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीमा पानीको सतह बढेको र शाहीपुरमा रहेको तटबन्ध भत्किरहेको बताए। ‘कटान नियन्त्रणको प्रयास भए पनि पानीको सतह बढ्दा नदी गाउँ पस्ते खतरा बढेको छ’ नगरपालिकाका प्रवक्ता समेत रहेका ठकुल्लाले भने ‘बाढीको खतरा बढेसँगै गाउँमा सबैलाई सचेत रहन हामीले सूचना दिइरहेका छौं ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…