अफ्गानिस्तानमा १० हजार बढी मानिस उद्धारको प्रतीक्षामा

काबुल, १० भदौं । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने समय सीमा सकिन अझै हजारौं मानिस काबुल विमानस्थलभित्र र बाहिर उद्धारको प्रतीक्षामा छन् । अगष्ट ३१ मा उद्धारको समय सकिँदैछ ।

एक अमेरिकी सैनिक अधिकारीका अनुसार १० हजारभन्दा बढी मानिसले काबुल विमानस्थलमा प्रतीक्षा गरिरहेका छन् । बितेको २४ घण्टामा १९ हजार मानिसलाई उद्धार गरिएको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ । तालिबानले सत्ताकब्जा गरेपछिका १० दिनमा ८२ हजारभन्दा बढी मानिसलाई काबुलबाट उद्धार गरिएको छ ।

डरका कारण अफगानिस्तान छोड्न हतारिहेको छन् । तर, विमानस्थलसम्म पुग्न नसकेका अफगान नागरिकको संख्या हजारौं रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना नागरिलाई काबुल विमानस्थल छोड्न चेतावनी दिएका छन् । सुरक्षा खतरा रहेको कारण देखाउँदै त्यहाँ यात्रा नगर्न आग्रह गरेका हुन् ।

अमेरिकी विदेशमन्त्रालये काबुल विमानस्थलमा प्रतिक्षा गरिरहेका आफ्ना नागरिकलाई सावधान गराउँदै उक्त ठाउँ तत्काल छोड्न भनेको हो । युकेले अफागानिस्तानको सुरक्षा अवस्था अस्थिर रहेको र आतंकरीले आक्रमण गर्न सक्ने संभावना उच्च रहेको भन्दै सुरक्षित स्थानमा जान र थप सुझावको प्रतीक्षा गर्न भनेको छ । बीबीसी /अलजजिरा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…