काबुल विमानस्थलमा आक्रमणको चेतावनी जारी

काबुल, १० भदौं । अमेरिकालगायत विभिन्न देशले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी हमला हुने खतरा रहेको चेतावनी जारी गरेका छन् । अफगानिस्तानको सत्ता तालिबानले आफ्नो नियन्त्रणमा लिएयता काबुलस्थित हामिद कारजाई विमानस्थलमा दैनिक त्यहाँबाट बाहिरिने मानिसको भीड लागिरहेको छ ।

यसै क्रममा अमेरिका, अस्ट्रेलिया र बेलायतले त्यस विमानस्थलमा आतंकवादी हमलाको खतरा देखिएको भन्दै आफ्ना नागरिकलाई यात्रा नगर्न आग्रह गरेका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।

अमेरिका, बेलायत, भारत लगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । नेपालले पनि मित्र राष्ट्रहरुको सहयोगमा नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी राखेको छ । परराष्ट्र मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अझै पनि ४२ जना नेपाली उद्धारको पर्खाइमा छन् ।

हाल विमानस्थलको भित्री भाग नियन्त्रणमा लिएका अमेरिका सेनाले आफ्ना नागरिकहरुका साथै अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दै आएको छ । बीबीसीका अनुसार विगत १० दिनको अवधिमा काबुलबाट ८२ हजार मानिसलाई उद्धार गरिसकिएको छ । वितेको २४ घण्टाको अवधिमा अमेरिकी उडानबाट करिब १९ हजार मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको छ । अझै पनि हजारौं मानिसहरु काबुल विमानस्थलमा उद्धारको प्रतीक्षामा छन् ।

३१ अगष्ट (भदौ १५ गते) भित्र काबुल छाड्न चाहनेहरु सबैलाई उद्धार गरिसक्ने योजना अमेरिकाको छ । तालिबानले उनीहरुलाई फर्किन ३१ अगष्टसम्मको समयसीमा दिएको छ । तालिबान विरोधी समूहले अफगानिस्तानमा आक्रमण गर्न सक्ने भन्दै तालिबानले काबुल सहरको सुरक्षा गर्न फतेह फोर्स नामको छुट्टै सुरक्षा दस्ता खटाएको छ । बीबीसी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…