योगेश भट्टराईलाई एमाले प्रवक्ताको जिम्मेवारी

काठमाडौं, ९ भदौं । आठ महिनापछि एमालेमै फर्किएका योगेश भट्टराई एमाले प्रवक्ताको जिम्मेवारी पाएका छन् । उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो । त्यसपछि बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।

मंगलबार च्यासलमा बसेको स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…