कांग्रेस–माओवादी आफ्नै पार्टीमा पहिरो जाला भनेर थर्कमान छन् : केपी ओली

काठमाडौं, ९ भदौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्नकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाएका छन् ।

एमालेको आन्तरिक विवादमा खेल्न र नेता माधवकुमार नेपाल समूहलाई सजिलो हुने गरी उक्त अध्यादेश ल्याइएको जिकिर ओलीले गरे । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त अध्यादेश गलत ढंगबाट ल्याइएको बताएका हुन् ।

अध्यादेशले सबै पार्टीभित्र समस्या पर्न सक्ने उनले उल्लेख गरे । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै उनले अध्यादेशले पार्टी फुट्ला भन्ने चिन्ता सबैलाई भएको पनि बताए । ‘उहाँहरू थर्कमान हुनुहुन्छ, कतै आफ्नै पार्टीमा पहिरो नजाओस्’, अध्यक्ष ओलीले भने । उनले पछिल्लो समय लोकतन्त्रको हुर्मत लिने गरी राजनीतिक घटनाक्रमहरू विकसित भइरहेको समेत बताए ।

अध्यक्ष ओलीले आफूले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा धेरै फरक रहेको बताएका छन् । उनले पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका छन् । अहिले च्यासलमा उनले पत्रकार सम्मेलन गरिरहेका छन् ।

‘मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन’, उनले भने, ‘अध्यादेश ल्याउन विधि चाहिन्छ । उस्तै मनसाय पनि होइन । त्यसबेला कुनै पार्टी विशेष फुटाउन ल्याइएको थिएन । अहिले माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने भनेर कानुनमा व्यवस्था गरेको भए हुन्थ्यो नि ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…