कहाँ–कहाँ छ आज बाढीको जोखिम ?

काठमाडौं, ९ भदौं । देशभर फेरि मनसुन सक्रिय भएको छ । यो केहि दिन अझै रहने मौसमविदले बताएका छन् । आज (बुधबार) देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी र यसका सहायक नदीहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा पनि बहाव बढ्ने तर सतर्कता तहभन्दा तल रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुपाल्चोक, काठमाडौं उपत्यका, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, सिन्धुली, नवलपुर, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी, पाल्पा, रुपन्देही कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्व, गुल्मी, अर्घखाँची, सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, कञ्चनपुर, कैलाली, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…