रोजगारीका लागि विदेशिनेको विमानस्थलमा भीड

काठमाडौं, ८ भदौं । बैदेशिक रोजगारीका लागि आज (मंगलबार) बिहानै विमानस्थलमा भीड लागेको छ । दर्जनौं युवाहरु विदेश उड्नका लागि विमानस्थल प्रवेश गर्न लाम लागेका छन् । यो भीडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने भौतिक दूरी पनि कायम भएको देखिंदैन ।

गत बर्ष बिदेशमा काम गर्न गएका नेपालीहरुले कुल नौं खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ रेमिटेन्स पठाएका थिए । अर्थतन्त्रको मूख्य आधार रेमिटेन्स भए पनि बैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले विभेदपूर्ण ब्यवहार गरिरहेको छ ।

सजिलै गरी उनीहरुको काम राज्यका निकायहरुले गरिदिँदैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्गत वैदेशिक रोजगारका लागि जाने लाइनमा मानिसहरुको भीड देखिएको हो । कोभिडका कारण लामो समय रोकिएको अन्तर्राष्ट्रिय उडानहरु शुरु भएसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । यसै गरी श्रम गन्तव्य मुलुकहरुको उडान खुल्न थालेसँग विमानस्थलमा भीड बढ्न थालेको बताइएको छ । तस्विरहरु : न्यूज एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…