पन्जसिरमा तालिबान र मसुद समूहबीच भिडन्तको बढु्यो खतरा

काठमाडौं, ७ भदौं । अहिलेसम्म कब्जा गर्न नसकेको अफगानिस्तानको एक मात्र प्रान्त पन्जसिर आफ्नो नियन्त्रणमा लिन तालिबानका सयौं लडाकु आइतबार राति त्यहाँ पुगेका छन् । काबुलको उत्तरमा पर्ने पन्जसिर तालिबानविरोधी गढ हो, जसको नेतृत्व पूर्व मुजाहिदिन कमान्डर अहमद साह मसुदका छोरा अहमद मसुदले गरिरहेका छन् ।

अलकायदाले ९-११ अमेरिकी हमला हुनुभन्दा दुई दिनअघि अहमद साह मसुदको हत्या गरेको थियो । तालिबानले आफ्नो ट्वीटरमा लेखेको छ, ‘स्थानीय अधिकारीले शान्तिपूर्वक पन्जसिर प्रान्त हामीलाई दिन अस्वीकार गरेपछि इस्लामी इमिरेटका सयौं मुजाहिदिन लडाकुले त्यो नियन्त्रणका लागि अगाडि बढिरहेका छन् ।’

अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि त्यहाँका हजारौं मानिस पन्जसिर गएका छन् । मसुदको नेतृत्वमा तालिबानविरोधी बलले तालिबानसँग युद्ध गर्न झण्डै ९ हजार मानिस एकजुट भएको दाबी गरेको छ । मसुदले साउदी अरबको मिडिया प्रसारक अल–अरबियासँग अफगानिस्तानका धेरै वटा प्रान्तबाट भागेर सरकारी सुरक्षाकर्मी पन्जसिरमा आएको बताएका छन् । उनले भनेका छन्, ‘हामी अफगानिस्तान रक्षाका लागि तयार छौं र यसका लागि रक्तपातमा उत्रिन पनि पछि हट्दैनौं ।’ एजेन्सी

 

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…