अमेरिकाले अफगान नागरिकको उद्धारका लागि गैरसैनिक विमानको पनि प्रयोग गर्ने

काठमाडौं, ७ भदौं । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको उद्धारमा संलग्न हुन गैरसैनिक विमानहरूलाई पनि निर्देशन दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने जनाएको छ ।

आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ अर्थात् सिभिल रिजर्भ एअरलिफ्ट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको थियो । यसले संकटको बेला अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ । सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुलभित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने जनाइएको छ ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका हजारौँ अफगान नागरिकको उद्धारमा सहयोग गर्न यस्तो निर्देशन दिइएको हो । तर यी विमानहरू काबुलमा भने अवतरण गर्ने छैनन् ।अमेरिकाले अघिल्लो हप्ता झण्डै २८ हजार मानिसहरूको उद्धार गरेको जनाएको छ । यस्तै, बेलायतले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरेको छ ।

काबुल विमानस्थल बाहिर हजारौं लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एक जना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएको बीबीसीले जनाएको छ । सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…