तालिबान शासनको ‘खतरनाक’ संकेत : अल्पसंख्यक हजारा समुदायका नौं जनाको हत्या

काबुल, ४ भदौं । मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसंख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ ।

बिहीबार प्रकाशित प्रतिवेदनमा गजनी प्रान्तको मालिस्तानमा गत जुलाई ४ र ६ तारिखको अवधिमा हजारा समुदायका नौं पुरुषको हत्या भएको उल्लेख छ ।

तालिबानले गत आइतबार काबुल नियन्त्रणमा लिएको थियो । एम्नेस्टीले गजनी प्रान्तमा भएको घटना तालिबान शासनको ‘खतरनाक संकेत’ भनेको छ । बीबीसीका अनुसार हजार अफगानिस्तानको तेस्रो ठूलो नस्लीय समूह हो । शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायमाथि सुन्नी बहुल अफगानिस्तान र पाकिस्तानमा दशकौंदेखि शोषण हुँदै आएको छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…