त्रिविको सम्बन्धन प्राप्त क्याम्पस संख्या घट्दै

काठमाडौं, ४ भदौं । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ ।

त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।

त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा. ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताए । उनले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको बताए । उनले भने, ‘केही समयसम्म विद्यार्थीले त्रिविको सम्बन्धन नछाड्ने अडान लिएका थिए । उनीहरूको शैक्षिक सत्र त्रिविबाटै पूरा भएपछि दुई विश्वविद्यालयले ती क्याम्पसकोे जिम्मा लिएको हो ।’

उनका अनुसार सबैभन्दा कान्छो कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिचय बनाएको छ । दुई विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अब आंगिक हुनेछन् । सामुदायिक क्याम्पसको नाममा त्रिविबाट सम्बन्धन लिएर सञ्चालनमा आएका क्याम्पस अर्को विश्वविद्यालयमा गाभिएपछि ती क्याम्पस आंगिक भएका हुन् । अब शिक्षक, कर्मचारीलगायत सबै संरचना गाभिएका विश्वविद्यालयकै हुनेछ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…