आज कहाँ छ आज बाढीको जोखिम ?

काठमाडौं, ४ भदौं । नेपालमा आज (शुक्रबार) पनि देशभर बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । आज देशभर बर्षाको सम्भावना रहेको र चार प्रदेशका केहि स्थानमा ठूलो पानी पर्न सक्ने मौसमविदले जानकारी दिएका छन् ।

बर्षाका कारण आज नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वागमती, पूर्वी राप्तीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

पश्चिम राप्ती, बबईलगायत मझौला नदीहरूमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । आज इलाम, झापा, पाँचथर, मोरङ, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, चितवन, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, कास्की, म्याग्दी, पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, सुर्खेत, कालीकोट, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, डोटी, बझाङ, दार्चुला, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…