कोभिसिल्ड खोपको नक्कली डोजबारे डब्लूएचओको चेतावनी

काठमाडौं, ३ भदौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला पारिरहेको सम्बन्धी चेतावनी जारी गरेको छ । जुलाइ र अगस्टका बीच भारत र अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जनाएको छ ।

कोभिसिल्ड निर्माता कम्पनी, सेरम इन्सटिच्युट अफ इन्डियाले सो खोप नक्कली भएको पक्का गरेको थियो । यस्तोमा डब्लूएचओले ‘फेक’ खोप विश्वव्यापी जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको चेतावनी दिँदै तुरुन्तै यसलाई बिक्री वितरणबाट हटाउन पहल गरेको छ ।

भारत सरकारले यसबारे आधिकारिक धाराणा दिएको छैन तर स्थानीय रिपोर्टका अनुसार देशको स्वास्थ्य मन्त्रायले यो मुद्दामा अनुसन्धान गरिरहेको छ । एक स्वास्थ्य अधिकारीले मिन्ट न्युज वेबसाइटसँग भनेका छन्, ‘यस किसिमका घटना हुन नदिन हामीसँग बलियो सिस्टम छ । तर पनि यो खबरपछि हामी कुनै पनि नागरिकले नक्कली खोप प्राप्त नगरेको सुनिश्चित गर्न चाहन्छौं ।’

कोभिसिल्ड बेलायती खोप एस्ट्राजेनेकाको भारतीय स्वरुप हो र अहिलेसम्म भारतमा मात्र यसका ४८ करोड ६० लाख डोज प्रयोगमा ल्याइसकिएको छ ।कम्पनी सेरमले डब्लूएचओको कोभ्याक्ससँग आबद्ध रहेर एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत यसका लाखौं डोज आपूर्ति गराएको छ ।

तर, भारतमा चलेको भयावह दोस्रो लहर पश्चात् सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको हो । कम्पनी सेरमले पनि वर्षको अन्त्यसम्म भारतकै मागलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताएको थियो । हालसम्म भारतमा १३ प्रतिशत जनसङ्ख्याले पूरा डोज खोप लगाएका छन् । बीबीसी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…