नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै

काठमाडौं, ३ भदौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको संख्या ४० हजार ३३८ पुगेको बताए ।

यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको संख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको संख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप तीन हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा मृतकको संख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…