क्यान्सरको औषधिमा लेखिँदै छ– ‘मेड इन नेपाल’

काठमाडौं, ३ भदौं । औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन् । उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन् । उनलाई प्रेरणाका पात्रका रुपमा लिन्छन् ।

वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे । उनको युवावस्था निकै संघर्षशील रह्यो । उनले युवा उमेरमा अनेक सास्ती भोगे । जति दुःख भोगे पनि उनले सपना देख्न भने छोडेनन् ।

उनको एउटा सपना छ । त्यो हो, ‘क्यान्सरविरुद्ध स्वदेशमै औषधि उत्पादन ।’ जुन सपनाले अब मूर्त रुप लिने भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा छन् ।

‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको बाहिरी आवरणमा ‘मेड इन नेपाल’ लेखिने छ, उनले भने, ‘विदेशमा उत्पादित क्यान्सरविरुद्धका महंगा औषधि सेवन गरिरहेका बिरामीलाई अब स्वदेशमै ‘गुणस्तरीय र शुलभ मूल्यमा औषधि उपलब्ध हुनेछ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…