भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै

कञ्चनपुर, ३ भदौं । कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।

यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘भाइरल ज्वरो बढे पनि कोरोना भने होइन’, डा. श्रेष्ठले भने, ‘कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदैछ ।’

त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइलपालइनबाट पुर्‍याउने गरी काम भइरहेको छ । ‘युएनओपियस’ नामक संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ । ‘उक्त संस्थाले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको खबर आएको छ’, उनले भने, ‘अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ ।’

अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्किने क्रम सामान्यरुपमा चलिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा पनि भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीबाट बिरामीको तथ्याङ्क जिल्लामा आउन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…