तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

काठमाडौं, ३ भदौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये यो सबैभन्दा ठूलो हो ।

यसअघि पाँच वटा युनिटबाट उत्पादन थालिसकेको आयोजनाले सोमबार छैटौं युनिटबाट समेत उत्पादन थालेको हो । यससँगै १० वर्षदेखि निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्नको चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ७६ /७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ ।

पहिलो युनिटको उत्पादन गत असार २१ गते सुरु गरेको तामाकोसीले सोमबारसम्म सबै युनिट सञ्चालन गरी उत्पादन थालेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार मङ्गलबारसम्म चारवटा युनिटबाट व्यावसायिक उत्पादन भएको छ ।

त्यसैगरी पाँचौं युनिटले एक हप्ता र छैटौं युनिटले १५ दिनपछि व्यावसायिक उत्पादन दिनेछ । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२० /१३२ केभीको सब–स्टेसनमा जोडिएको छ । उक्त विद्युत् ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ । यसअघि उत्पादित विद्युत् गोङ्गर, खिम्ती, ढल्केबर, चन्द्रनिगाहपुर, पथलैया, हेटौँडा हुँदै काठमाडौँ लानुपर्ने थियो । २२० /१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै तामाकोसीमा उत्पादित विद्युत् गोङ्गर, खिम्ती, लामोसाँघु र भक्तपुर हुँदै पनि काठमाडौँसम्म लान सकिनेछ ।

८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममासमेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । आयोजनाबाट पुसदेखि चैतसम्मको सुक्खायाममा २९२ गिगावाट घण्टा र बाँकी समय एक हजार ९८८ गिगावाट घण्टा गरी वार्षिक दुई हजार २८१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । निर्माण अवधिको आयोजनाको संशोधित लागत हालसम्म ब्याजबाहेक ५२ अर्ब पुगेको र ब्याजसहित आयोजनाको कुल लागत करिब ८४ अर्ब पुग्ने अनुमान आयोजनाको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…