नयाँ पार्टी दर्ताको तयारीमा नेपाल पक्ष

काठमाडौं, २ भदौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिन्हलगायतका विषय टुङ्गो लगाइसकेको स्रोतले जानकारी दिएको छ ।

तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको छ । तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुङ्गो लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।

तर चुनाव चिन्ह भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले भने, ‘पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह सूर्य नै हुनेछ ।’ उनले भने, ‘उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । हामीले सूर्य छाड्दैनौं ।’

चौधरीका अनुसार नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् । नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए ।

एमाले वरिष्ठ नेता नेपालले हिजो मात्र अध्यक्ष ओलीले एकताको सबै ढोका बन्द गरेका कारण वाध्य भएर नयाँ प्रक्रियामा जानु पर्ने अवस्था आएको बताएका थिए । ओलीको अहंकारकै कारण एमाले विभाजनको मोडमा आइपुगेको बताउँदै आउँदो चुनावमा केपी ओलीसँग चुनावी तालमेल हुनसक्ने समेत बताएका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…