तालिबानद्वारा सरकारी कर्मचारीलाई आममाफीको घोषणा, काममा फर्किन आग्रह

काठमाडौं, १ भदौं । तालिबानले अफगानिस्तानका सरकारी कर्मचारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । सत्ता कब्जापछि मंगलबार सो समूहले अफगान नागरिक र विदेशीहरुलाई पनि काम गर्न दिइने बताएको हो ।

‘सबैका लागि आममाफी घोषणा गरिएको छ । त्यसैले सबैले पूर्ण आत्मविश्वासका साथ नियमित जीवन सुरु गर्नुस्,’ तालिबानले भनेको छ ।
त्यस्तै तालिबानले महिलाहरुलाई समेत सरकारमा सहभागी गराइने बताएको छ । मंगलबारदेखि काबुलमा जनजीवन केही हदसम्म सामान्य देखिएको छ ।

अफगानिस्तानको प्रमुख टेलिभिजन न्युज च्यानल तोलो न्युजले महिला समाचारवाचकसहित प्रसारण सुरु गरेको छ । यस्तै तालिवानले आफ्ना लडाकुहरुलाई नागरिकको घरमा नपस्न निर्देशन दिएको छ । विशेष गरी काबुल क्षेत्रमा नागरिकको घरमा नपस्न निर्देशन दिइएको जनाइएको छ ।

सडकमा ट्राफिक प्रहरी देखिएका छन् भने नर्स तथा डाक्टर काममा जान थालेका छन् । तालिबानले जनजीवन सामान्य बनाउन मानिसलाई आश्वस्त तुल्याउन खोजे पनि ब्यांक, बजार र सरकारी कार्यालय बन्द छन् ।

अर्कोतिर हतियारधारी सशस्त्र समूहले युद्ध सुरु गर्ने सम्भावना पनि छ । असरफ गनीका उपराष्ट्रपति अमरुल्लाह सलेह पान्सिर क्षेत्रतिर लागेका छन् । त्यो पहाडी क्षेत्र तालिबान विरोधी गढका रुपमा परिचित छ । त्यहाँ उनले अलकायदाले २००१ मा हत्या गरेको एक युद्ध सरदारका छोरा अहमद मसुदसँग गठबन्धन गरेका छन् । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…