पिउने पानीमा पनि पहुँचवालाकै पहुँच : भिआइपी क्षेत्रका धारामा दिनहुँ पानी, सर्वसाधारणकोमा छैन

काठमाडौं, ३१ साउन । राज्यले उपतयकामा पिउने पानी वितरणमा समेत विभेद गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल पानी पठाइरहेको छ भने पहुँच नहुनेको धारामा डेढ सातासम्म पनि पानी आउँदैन ।

बुढानीलकण्डस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास र त्यस वरिपरिका घरमा केयुकेएलले सातामा ६ दिन पानी दिन्छ । अहिले प्रधानमन्त्री बनेपछि मात्र होइन, देउवाको बुढानीलकण्ठमा घर बनाएदेखि नै प्रशस्त पानी पाउन थालेका हुन् । तर, कतिपय सर्वसाधारणको धारामा पानी नझरेको बर्षै बितिसकेको छ । मध्यपुर ठिमी नगरपालिका १ का वासुदेव आचार्य तिनैमध्येका एक हुन् ।

उनको धारामा ६ वर्षदेखि पानी नदिए पनि केयुकेएलले बिल भने नियमित बठाइरहेको छ ।’ केयुकेएलले धारामा पानी नदिएको ६ वर्ष भयो । पानी नआए पनि बील आउन छाडेको छैन्, ०७२ देखि नियमित बिल तिर्दै आएको छु । पैसा तिर्न जाँदा पटक पटक खानेपानी नआएको गुनासो गर्दा पनि केयुकेएलका कर्मचारीले वास्त गर्दैनन्’, उनले भने ।

देउवानिवास बुढानीलकण्ठ क्षेत्रका अरु सर्वसाधारणको घरमा पनि पानीको समस्या छ । उनीहरु ट्यांकर, डिप बोरिङ् तथा इनारको पानी प्रयोग गर्दै आइरहेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…