देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नु हुन्छ ?

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे यो संयुक्त सरकारले के गर्छ ? भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै ओलीले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी के गर्नुहुन्छ जनताले जान्न चाहेको बताएका छन् ।

‘अहिलेको गठबन्धन सरकार हुँदा एमसीसी गर्नु भएको थियो । एमसीसीको बारेमा संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी बिर्सिनु भयो क्या हो, मैले देखिन यताकतै ।’ उनले प्रश्न गरे, ‘नेपाली जनताले जान्न चाहेको छ प्रधानमन्त्री ज्यू, एमसीसी के गर्नुहुन्छ ?’

आफूले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउने भन्दै प्रश्न गरेका छन् । उनले आफूलाई गाली गर्ने अनि फेरि वातावरण बनाउन खोज्ने ? चुपचाप बस्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । १६५ सांसद देउवाको पक्षमा भएको बताउँदै ओलीले सबल जत्थाले के भन्छ एमसीसी पास गर्ने कि फेल गर्ने स्पष्ट पार्न आग्रह गरे । उनले एमसीसीबारेमा सरकारको यो हो नीति भनेर ठोकेर भन्न देउवालाई सुझाव दिए ।

‘लिपुलेक र लिम्पियाधुरा समस्या हैन, हाम्रो पवित्र भू–भाग हो’
ओलीले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भू–भाग भएको बताएका छन् । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई ‘समस्या’ लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्ता सम्बन्धी स्पष्ट कुरा गर्न सुझाव दिए ।

ओलीले भने, ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरालाई समस्या भन्नुभएको छ । यो समस्या नभएर नेपालको पवित्र भू–भाग हो ।’ उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्न गरे ।
‘लिम्पियाधुरा कालापानी, लिपुकुल समस्या हो । हाम्रो पवित्र अभिन्न भू–भाग हो,’ उनले भने, ‘यो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…