तापमान वृद्धिले मानव जाति ठूलो संकटमा रहेको वैज्ञानिकहरुको निष्कर्ष

काठमाडौं, २६ साउन । संयुक्त राष्ट्र संघले विश्वव्यापी तापमान वृद्धिले मानव जातिले भयङ्कर ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

जलबायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले विश्वव्यापी तापमान वृद्धिमा मानवजाति नै जिम्मेबार रहेको ठहर गरेको छ । झण्डै १४ हजार वैज्ञानिक अध्ययनलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने चेतावनी दिइइको छ ।

बढ्दो तापमानका कारण विश्वभरमा मौसमसँग जोडिएका विपद्ले गम्भीर आपतका घटनाहरु सामने आउने प्रतिवेदनमा उल्लेख छ । वायुमण्डललाई तताउने ग्यासको उत्सर्जन जुन रुपले भइरहेको छ त्यसले गर्दा अबको दुई दशकमै तापमानले सीमा नाघ्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।

यो शताब्दीको अन्त्यसम्ममा समुन्द्रको जलस्तर लगभग दुई मिटर बढ्ने प्रतिवेदनमा औंल्याइएको छ । मावनजातिले भोग्नु पर्ने संकटसँगै वैज्ञानिकहरुले कार्बन उत्सर्जनमा ब्यापक कटौती गर्नसके तापमानलाई स्थिर गर्न सक्ने आशा पनि औंल्याएका छन् ।

४२ पानाको प्रतिवेदन नीति–निर्माताहरुका लागि मार्गदर्शक सारांशको रुपमा पनि लिइएको छ । यसलाई आगामी महिनामा आउने सिलसिलेवार कयौं प्रतिवेदनको एक कडीमा रुपमा लिँदै ग्लासगोमा हुन गइरहेको जलवायु सम्मेलनको लागि पनि अर्थपूर्ण हुने बताइएको छ ।

अनुसन्धानमूलक केही दस्तबेजहरुले मानव जातिको असावधानीपूर्ण क्रियाकलापले पर्यावरणमा पुर्‍याएको क्षतिलाई हजारौं वर्षमा पनि भरपाइ गर्न नसकिने उल्लेख गरिएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले प्रतिवेदन मानवताका लागि खतराको संकेत भन्दै विभिन्न देशका नेता र सरोकारवालालाई आगामी जलवायु सम्मेलन सफल बनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…