नेपाल पक्षको दोस्रो दिनको बैठक शुरु, केन्द्रीय सदस्यहरुले पार्टी एकताबारे धारणा राख्दै

काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक शुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए ।

बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए ।
त्यसरी धारणा राख्नेमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायत थिए ।

यस्तै बिहीबार बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएका थिए । नेपालले एकता आफूहरुको इच्छा र चाहना भएको पनि बताएका थिए । तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने नेपालको भनाइ थियो ।

यस्तै बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए । नेपाल पक्षले केन्द्रीय समिति बैठकबाट पार्टी एकता, सरकारमा सहभागिता रहने वा नरहने, आगामी रणनीतिलगायतका विषयमा स्पष्ट धारणा तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…