आज कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौं, २२ साउन । नेपालमा आज (शुक्रबार) पनि मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावका कारण आज पनि विहानै देशका विभिन्न प्रदेशमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । आज देशका तीन प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षाका कारण कोशी र यसका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
कन्काई, कमला, वागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, रुकुम पूर्व, नवलपरासी, कालीकोट, दैलेख, सल्यान, जुम्ला, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…