कोरोनाविरुद्धको खोप : कति आयो, कति आउँदै छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ माघ महिनासम्ममा कुल पाँच करोड २२ लाख ८२ हजार डोज खोप नेपाल आइपुग्ने आकलन गरेको छ । बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो आँकडा पेस गर्दै मन्त्रालयले यस्तो दाबी गरेको हो ।

मन्त्रालयको दाबीअनुसार नेपालमा अहिलेसम्म ९७ लाख ८२ हजार डोज आइपुगेको र एक करोड दुई लाख असोजसम्म आइपुग्नेछ । हालसम्म भारतबाट ११ लाख कोभिसिल्ड खोप, चीनबाट १८ लाख भेरोसेल, गाभीबाट तीन लाख ४८ हजार कोभिसिल्ड अनुदानमा प्राप्त भएको छ । त्यस्तै, अमेरिकाबाट १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप अनुदानबाटै प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

नेपाल सरकार आफैँले खरिद गरेर भारतबाट १० लाख कोभिसिल्ड ल्याएको देखियो भने चीनबाट १० लाख भेरोसेल खोज ल्याएको स्वास्थ्य मन्त्रालयले संसदीय समितिमा पेस गरेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार यही असोज महिनासम्ममा थप एक करोड दुई  लाख डोज खोप नेपाल आइपुग्नेछ । त्यस्तै, माघ महिनासम्म्म तीन करोड २३ लाख डोज खोप नेपाल आइपुग्नेसमेत मन्त्रालयको अनुमान छ । जसमध्ये दुई करोड ६३ लाख डोज को–भ्याक्स खोप गाभीबाट र ६० लाख डोज फाइजर अमेरिकाबाट आउने अनुमान मन्त्रालयको छ ।  स्रोत : नयाँ पत्रिका दैनिक

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…