नेप्सेमा दोहोरो अंकको गिरावट, १४ अर्बको कारोबार

काठमाडौं, २१ साउन । आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १२.०५ अंकले बढेर इतिहासकै उच्च विन्दु ३१ सय २३.१४ विन्दुमा पुगेको नेप्से बिहीबार अधिकतम १६ अंकले घटेर ३१ सय ७.४५ विन्दुमा झरेको हो ।

साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन समग्र नेप्सेमा दोहोरो अंकको करेक्सन आइरहँदा यता ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेर ५७९ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन बैंकिङ्ग समूह बाहेकका अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।

यद्यपि, अधिकतम १६ अंकले खस्किएको बजारमा कारोबार रकम भने यस दिन पनि १४ अर्ब माथि रहेको छ । नेप्सेका अनुसार आज कूल २२६ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ३५ हजार बढी पटक किनबेच हुँदा अधिकतम १४ अर्ब ३१ करोड ६२ लाखको कारोबार भएको छ । गत बुधबार १२.०५ अंकले बढेर नेप्से हालसम्मकै उच्च ३१ सय २३.१४ विन्दुमा पुगेको दिन १५ अर्ब ५९ करोड ५७ लाखको कारोबार भएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…