मेलम्ची बाढीले थप १८ घर परिवार विस्थापित

सिन्धुपाल्चोक, २१ साउन । गएको शनिबार आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का थप १८ घर परिवार विस्थापित भएका छन् । त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेको वडाध्यक्ष जितराज थापाले जानकारी दिएका छन् ।

मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए ।

जोखिममा रहेका बस्ती तथा घर जोगाउनका लागि खोला नियन्त्रण गर्ने कामलाई मेलम्ची नगरपालिकाले निरन्तरता दिएको छ । यही साउन १६ गते आएको बाढीले घरमा क्षति गर्दै मेलम्ची बजारमा नै खोला पस्ने जोखिम बढेपछि नगरपालिकाले खोला नियन्त्रण गर्न थप जनशक्ति परिचालन गरेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

बाढी प्रभावितका लागि खान, बस्न र स्वास्थ्य उपचारको अभाव हुन नदिने समेत नगरपालिकाले दाबी गर्दै आएको छ । बाढी प्रभावितलाई २५ हजारदेखि १० हजार रुपैयाँ नगद सहयोग गर्ने समेत नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । यस्तै सरकारले बाढी पहिरोका कारण बिजुली बन्द भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्‍याउन पहल थालेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…