१४ वर्षमा साढे ९ हजार श्रमिक बाकसमा फर्किए

काठमाडौं, २१ साउन । वैदेशिक रोजगार फस्टाएको पछिल्लो १४ वर्षको अवधिमा कामका लागि विभिन्न मुलुक गएका करिब साढे नै हजार नेपालीको मृत्यु भएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यो संख्यामा अघिल्लो वर्ष (२०७६/७७) मृत्यु भएका पनि केही जोडिएको हुन सक्छ, बोर्डका कर्मचारी आशिष भण्डारीले भने, कोरोना महामारीका कारण अघिल्लो कतिपय शव गत वर्ष घर पुर्याइएको हुनसक्छ ।

आर्थिक वर्ष २०७६÷७७ मा ६ सय ७१ श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७५७६ मा सात सय ६३ श्रमिकको विदेशमा मृत्यु भएको बोर्डले जनाएको छ ।

हालसम्मको तथ्याकं अनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार एक सय नेपालीको निधन भएको छ । साउदी अरेबियामा दुई हजार पाँच सय, कतारमा एक हजार आठ सय, संयुक्त अरब इमिरेट्समा नौ सय, कुवेतमा साढे तीन सय, बहराइनमा एक सय ३१, दक्षिण कोरियामा एक सय ४२ र ओमानमा ६६ जना श्रमिकको मृत्यु भएके बोर्डको तथ्याकं छ । नागरिक दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…