आज कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौं, २१ साउन । आज (बिहीबार) पनि देशभर मौसम बदलीको अवस्थामा रहेको मौसमविदले जनाएका छन् । आज देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज देशका पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय रहँदा आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ । महाकाली, कोशीको सहायक नदी र सुनकोशीमा बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणी, कर्णाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायत देशका प्रमुख तथा मझौला नदीहरूमा वहाब सामान्य घटबढ हुने छ । यद्यपि सतर्कता तहभन्दा तलै रहने विभागको पूर्वानुमान छ ।

आज प्रदेश–१ को पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, वागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको गोरखा तथा लुम्बिनी प्रदेशको सल्यान, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेलधुरा, अछाम र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने विभागको पूर्वानुमान छ । यी नदी तथा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…