सानिमा लाइफको ६० करोडको आईपीओ आजबाट बिक्री खुल्यो

काठमाडौं, २० साउन । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामुहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनी अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । हाल १ अर्ब ४० करोड पुँजी रहेको कम्पनीको आईपीओ पछि चुक्ता पुँजी २ अर्ब पुग्नेछ । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बि’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…