पूर्ण खोपपछि मात्र सम्भव छ पर्यटन पुनरुत्थान

काठमाडौं, १९ साउन । कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुने कुनै टुंगो छैन । तर, सरकारले जति छिटो शत प्रतिशत जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाउन सक्छ, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुने व्यवसायीको आँकलन छ ।

कोभिड १९ विरुद्धको खोप प्राप्त भएपछि मात्र नेपालमा पर्यटक आगमन बढ्ने उनीहरुको भनाइ छ। सन् २०१९ को अन्त्यबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः छ । पूर्ण मात्रामा खोप लगाएको सुनिश्चित गरेर नेपाल र पर्यटकीय क्षेत्र सुरक्षित भएको सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

पहिलो खोपको मात्रा बढाउनुपर्ने र प्रचार बढाउनुपर्ने नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । ‘दोस्रो खोप पूरा गरेकालाई क्वारेन्टाइन नबसी सिधैं गन्तव्यमा जाने वातावरण बनाउन सकेको खण्डमा मात्र नेपालमा पर्यटक आगमन बढेर जान्छ । पछिल्लो समय चितवन र पोखरामा पनि खोप लगाउने गृहकार्य भइरहेको छ । र खोपको मात्रा पर्यटन क्षेत्रमा बढेसँगै पर्यटक आगमनका लागि सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ’, जोशी भन्छन् । कारोबार दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…