के होला कक्षा १२ को परीक्षा ?

काठमाडौं, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।

प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ ।

राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ । परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्य सचिव दुर्गा अर्यालले स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को परीक्षाको विषयमा छलफलको तयारी भइरहेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…