मन्त्री छान्न बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, १८ साउन । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन आज (सोमबार) का लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित भएको जनाइएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । बाँकी पाँच जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।

माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक १० दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…