कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र निःशुल्क दिनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गारी गरी यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जारी गरेको सूचनामा खोप लगाएको प्रमाणपत्र दिँदा केही अस्पतालहरुले शुल्क लिने गरेको भन्दै त्यसो नगर्न निर्देशन गरिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने नियम छ ।

‘खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न साउन ७ गतेको सचिवस्तरको निर्णयअनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जनगुनासो प्राप्त भएकाले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्नु गराउनु हुन निर्देशन अनुसार अनुरोध छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…