मेलम्ची बाढी : ५२ घरसहित पुल समेत बगे

सिन्धुपाल्चोक, १८ साउन । शनिबारदेखि लगातार बाढी आइरहेको मेलम्ची खोलाले हालसम्म ५२ घर बगाएको छ । लगातारको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका २४ पक्की घर र २८ कच्ची घर बगाएको स्थानीयले जानकारी दिएका छन् । असार १ गतेको बाढीले बाँकी राखेका घरहरु बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छ ।

बाढीको बहावले पुल माथिबाट खोला बगेकाले पुलको अवस्था के कस्तो छ भन्ने थाहा हुन नसकेको स्थानीयले बताएका छन् । हेलम्बु गाउँपालिका–२ को कात्तिकेखोलामा रहेको पक्की पुल, हेलम्बुको १ र २ वडा जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो । त्यस्तै दुई घर पनि खोलाको वहावले पुरेकाले थाहा हुन सकेको छैन् ।

मेलम्चीमा अहिले पनि पानीको बहाव बढिरहेको छ । बाढीको उच्च जोखिममा ग्याल्थुम बजार र ढुंगे बजार छन् । यता, मेलम्ची बजारमा पनि खोला पसेको छ । असार १ को बाढी पसेर लेदो भरिएको घरहरु सफा गर्दा नगर्दै पुन आज बस्तीमा बाढी पसेको हो । यता मध्यपहाडी लोकमार्ग जोड्ने एक मात्रै बाहुनेपाटीको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । पुलको फाउण्डेशनको भाग बाढीले बगाइसकेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…