आज कहाँ–कहाँ छ बाढीको जोखिम ?

काठमाडौं, १८ साउन । आज (सोमबार) पनि देशका धेरै भू–भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
आज प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बर्षाका कारण आज महाकाली र कोशीका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने मौसमविदले बताएका छन् । तमोर, लिखु, खिम्ति, दूधकोशीमा बहाव बढ्ने पूर्वानुमान छ ।

बबई र तिनाउ नदीमा पनि बहाव बढ्ने छ । नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्तीलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, पाँचथर, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दैलेख, रुकुम पश्चिम, दार्चुला, बझाङ, डडेलधुरा र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ बाढीको पूर्वानुमान

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…