साउन ३० भित्र वडा कमिटी बनाउन माओवादी केन्द्रको निर्देशन

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । बैठकले सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

आज (आइतबार) पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । त्यस्तै बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम सोमबार मात्रै टुंगो लगाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा प्रारम्भिक छलफल भए पनि अन्तिम टुंगो भने भोलि मात्रै लाग्ने जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेस र माओवादीका दुई-दुई सांसद यसअघि मन्त्री बनिसकेका छन् । गठबन्धनबाट सरकारमा सहभागी हुने थप मन्त्रीको टुंगो लगाउन भने बाँकी नै छ । जसले गर्दा देउवा सरकारको मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…