कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा दुई जना घाइते, तीन बेपत्ता

श्रावण १७, कैलाली । कर्णाली नदिमा डुङ्गा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ रागाँ मलेका दश जना डुङ्गा दुर्घटनामा परेका हुन् । डुङ्गामा सवार मध्ये ३ जना बेपत्ता, २ जना घाइते र ५ जना सकुशल रहेको इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले जनाएको छ ।

चौकुने गाउँपालिका वडा न. ०४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुङ्गा दुर्घटनामा परेका छन् । बेपत्ता हुनेमा कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ की २० वर्षया उर्मिला सलामी मगर, उनको १० दिनको बच्चा र २० वर्षकी पार्वती थापा रहेका छन् ।

घाइते भएकामा मोहन्याल गाउँपालिका वडा न. ३ बस्नेका १९ बर्षीया धनसरा सलामी मगरको अवस्था गम्भीर रहेको छ भने उनको छोरा १ महिनाको कर्ण सलामी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान र खोजी कार्य  गरिरहेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…