गोप्य रुपमा एमसिसी कार्यान्वयन सम्झौता गरिएको सांसद रावलको दाबी

श्रावण १५, काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले सरकारले अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता भइसकेको दावी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद रावलले तत्कालीन मन्त्रीबाट एमसिसी कार्यान्वयन सम्झौता गरिएको र त्यसको प्रतिलिपि प्रतिनिधि सभामा पेश गर्न आग्रह गरे ।

 

उनले प्रतिनिधि सभामा प्रस्तुत भएको सम्झौता सँगै अरु थुप्रै गोप्य सम्झौताहरु भएको उल्लेख गरे । उनले भने–‘मैले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा जुन कार्यदल बनेको थियो त्यहाँ रहँदा धेरैजसो सम्झौताहरु पढ्ने अवसर पाँए । तर केही सम्झौताहरु अझै प्राप्त हुन सकेन् । उदाहरणका रुपमा जव प्रतिनिधि सभामा त्यो सम्झौता अनुमोदन भएको छैन भने त्यसको कार्यान्वयन सम्झौता कसरी हुन्छ ? सम्झौता अनुमोदन नभई नुवाकोटका जग्गाहरु कसरी अधिग्रहण हुन्छ ? त्यसको कार्यालय कसरी खुल्छ ? र एउटा पाँच तारे होटलमा त्यसको कार्यालय खोलेर नेपाली जनताको राजस्वबाट रेडियो र टेलिभिजनमा त्यो अनुदानको प्रशंसाको गीत गाउँने कुरा कसरी हुन्छ ?’

उनले सबैभन्दा पहिला एमसिसीको बारेमा संसदले निर्णय गर्नुपर्ने बताए । त्यसपछि मात्रै अरु सम्झौताहरु हुनुपर्ने र कार्यालयहरु खोल्नुपर्ने बताए । उनले केही समयअघि ५ पूर्व प्रधानमन्त्रीको बैदेशिक हस्तक्षेप विरुछ संयुक्त वत्तब्य आएको भन्दै त्यो बक्तब्यले एमसिसीलाई पनि संकेत गरेको हुनुपर्ने बताए ।

उनले अमेरिकी अधिकारीहरुले वक्तब्य दिँदा एमसिसी हिन्द प्रशान्त रणनीतिक क्षेत्रको एउटा अंग भएको बताउँने गरेको उल्लेख गर्र्दै नेपालमा बस्नेले भने त्यस्तो हैन भन्दै ब्याख्या गर्ने गरेको बताए । उनले अमेरिकी मन्त्रीको सट्टा नेपाली एमसिसीको बारेमा ब्याख्याता हुन नसक्ने दावी गरे ।

सांसद रावलले एमसिसीमा भएका कतिपय कुरा नेपालको संविधान र कानुनसँग बाझिने उल्लेख गर्दै कुनैपनि देशसँगको कुटनीतिक सम्बन्धले नेपालीलाई सामरिक लडाँईमा घिसार्न नहुने बताए ।

उनले एमसिसी सम्बन्धी सम्पूर्ण कागजातहरु प्रतिनिधि सभामा पेश नगरिएको दावी गरे । उनले एउटामात्र सम्झौता पेश गरिएको बताउँदै तत्कालीन मन्त्रीबाट कार्यान्वयन सम्झौता गरिएको र त्यसको प्रतिलिपि पेश गर्न आग्रह गरे । उनले भने–‘प्रतिनिधि सभाका प्रत्येक सदस्यले त्यसको अध्ययन गर्न पाउँनुपर्छ । त्यो सँगै गरिएका अन्य थुप्रै संम्झौताका प्रतिलिपिहरु छन्, ति प्रतिलिपिहरु प्रतिनिधि सभाका प्रत्येक सदस्यले पढ्न पाउनुपर्छ ।’

उनले भूगोलका आधारमा नेपाल सानो भएपनि सार्वभौमका आधारमा सानो नभएको बताउँदै सबैसँग पारस्परिक र समानताका आधारमा सम्बन्ध गाँस्ने उल्लेख गरे ।

#रातोपाटीबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

काठमाडौं, १० असोज । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य…

अक्सिजन र भेन्टिलेटर किन्न छुट्याइएको सवा ३ अर्ब फ्रिज

काठमाडौं, १० असोज । कोरोना महामारीको दोस्रो लहरमा आईसीयू र अक्सिजनको चरम अभाव भएपछि सरकारले देशभरका १०३ अस्पतालका लागि छुट्याइएको आधा बजेट फ्रिज भएको छ ।…

विदेशी लगानी ६५ प्रतिशत घट्यो

काठमाडौं, १० असोज । चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।…

खासा क्षेत्रमा नै रोकिए दशैंका सामान

काठमाडौं, १० असोज । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन् । खासा क्षेत्रमा एक हजारभन्दा बढी…

सापुसँग सचेत रहौं, गुम्न सक्छ आँखाको ज्योति

काठमाडौं, १० असोज । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुशी हुन्छन् । यद्यपि,…